Kathmandu Press

दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल

लोकतान्त्रमा जनताको बीचमा जाने र विश्वास प्राप्त गर्ने अधिकार भएकाले आफुलाई राजावादी भन्नेहरुले पनि पार्टी खोलेर जनता माझ आएको र पटक–पटक मन्त्री समेत भएको उनले टिप्पणी गरे। 
दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल

रौतहट, फागुन २७ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले कसैले पनि दमन र उत्पीडनको पिडा व्यहोर्न नपरेको बताएका छन्। उनले राजतन्त्रको समयमा राजनीति गर्नेहरुले दमन व्यहोर्नु परेको कुरा स्मरण गराएका हुन्। 

रौतहटको चन्द्रनिगाहपुरमा प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको अवसरमा सोमवार आयोजित कार्यक्रममा बोल्दै उनले अहिले त्यस्तो किसिमको पिडा राजावादीहरुले व्यहोर्नु नपरेको बताए। 

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्राध्यक्षको हैसियतले सरकारले सुरक्षा र संरक्षण दिँदै आएको बताए। पूर्वराजालाई देशका कुनै पनि भागमा घुम्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै उनले देशकै एक स्थानबाट अर्को स्थानमा जानु विशेष कुरा नभएको बताए। 

लोकतान्त्रमा जनताको बीचमा जाने र विश्वास प्राप्त गर्ने अधिकार भएकाले आफुलाई राजावादी भन्नेहरुले पनि पार्टी खोलेर जनता माझ आएको र पटक–पटक मन्त्री समेत भएको उनले टिप्पणी गरे। 

अहिलेको संविधानमा बदलाब ल्याउन जुनसुकै दल वा राजावादीको इच्छा भए जनताको बिश्वास जितेर संसदमा दुई तिहाई ल्याउनु पर्नेमा उनले जोड दिए। 
 
प्रकाशित मिति: ११:०६ बजे, मंगलबार, फागुन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्