Kathmandu Press

सप्तरीमा मृत रतुवा मृगसहित दुईजना पक्राउ

सप्तरी, वैशाख १८  : सप्तरीमा गएराति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन्। 

महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृ....

सप्तरीमा मृत रतुवा मृगसहित दुईजना पक्राउ

सप्तरी, वैशाख १८  : सप्तरीमा गएराति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन्। 

महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी पक्राउ परेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ।

पक्राउ परेका आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको कार्यालयका प्रमुख सन्तोष झाले बताए।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुली खोला छेउमा मारिएको रतुवा मृगसहित पक्राउ परेका आरोपितलाई कानून बमोजिम कारवाही हुने उनले बताए।

मृत मृगलाई आज डिभिजन वन कार्यालय सप्तरी, महुली सवडिभिजन, जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको रोहवरमा गाडिने जनाइएको छ। 

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्