Kathmandu Press

नेपाल स्काउट राष्ट्रिय युवा परिषद्को साधारण सभा मंगलबारदेखि

उनले पहिलो पटक स्काउटको महिला विभागको राष्ट्रिय भेला निकट भविष्यमा नै आयोजनाको तयारी थालिएको पनि जानकारी दिए।
नेपाल स्काउट राष्ट्रिय युवा परिषद्को साधारण सभा मंगलबारदेखि

काठमाडौं, फागुन २६ : नेपाल स्काउटले भोलि (मंगलबार) देखि नेपाल स्काउट राष्ट्रिय युवा परिषद्को वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको अयोजनागरी स्काउटका निर्देशक राम प्रसाद भट्टराईले स्काउटको राष्ट्रिय युवा परिषद्लाई सक्रिय बनाई युवाहरुलाई प्रशस्त अवसरहरु प्रदान गर्न भोलि मंगलबारदेखि ३० गतेसम्म साधारण सभा आयोजना गर्ने जानकारी दिएका हुन्। 

Hardik ivf

‘हामीले आगामी मिति २०८१ फाल्गुणमा नेपाल स्काउटको चौथो राष्ट्रिय ज्याम्बोरी आयोजना गर्ने तयारी थालेका छाैं, स्काउटको राष्ट्रिय युवा परिषद्लाई सक्रिय बनाई युवाहरुलाई प्रशस्त अवसरहरु प्रदान गर्न फागुन २७ देखि ३० सम्म नेपाल स्काउट राष्ट्रिय युवा परिषदको वार्षिक साधारण सभा आयोजना गरेका छौं,’ उनले भने।

उनले पहिलो पटक स्काउटको महिला विभागको राष्ट्रिय भेला निकट भविष्यमा नै आयोजनाको तयारी थालिएको पनि जानकारी दिए।

उनका अनुसार मुख्य समस्याको रुपमा रहेको ऐन संसोधनका लागि सातै प्रदेशमा सुझाव संकलन कार्य चैत्र महिना भित्र समापन गरि संसदको आगामी अधिवेशनबाट नयाँ ऐन प्राप्त गर्न पहलकदमी सुरु भइसकेको छ।
उनले संगठन व्यवस्थापनको गम्भीर चुनौतीलाई समाधान गरेपश्चात् संस्थालाई छुट्टै उचाइमा पुर्याउनुपर्ने अवस्थामा हुनुपर्नेमा विभिन्न नयाँ समस्याको चपेटामा परेको भन्दै दुःख व्यक्त गरे। 

‘गतवर्ष माघको २२ गते र २७ गते क्रमश हामीले नेपाल स्काउटको स्थानीय प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गरेका थियौ । आज एक बर्षपछि जुन उत्साहमा काम गर्नपर्ने र संगठन व्यवस्थापनको एउटा गम्भीर चुनौतीलाई समाधान गरेपश्चात् संस्थालाई एउटा छुट्टै उचाइमा पुर्याउनुपर्ने अवस्थामा हुनुपर्नेमा, विभिन्न नयाँ समस्याको चपेटामा परेको कुराले हामीलाई अत्यन्त दुःख लागेको छ,’ उनले भने।

स्काउट अब नयाँ  गतिमा अघि बढ्ने बताउँदै उनले नयाँ नेतृत्वले स्काउटको भिजन २०३२ लाई सफल पार्न प्रतिबद्ध भई लागिपर्ने उनले बताए। 
 

प्रकाशित मिति: २१:२५ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्