Kathmandu Press

पार्टी एकढिक्का भए एक्लै बहुमत ल्याउन सकिन्छ : सभापति देउवा

‘कुनै पनि पार्टीले बहुमत प्राप्त गर्नु सजिलो छैन। हाम्रो पार्टी सबैभन्दा ठूलो भए पनि बहुमत हामीसँग छैन । भोलि पनि हुने सम्भावना कम छ।’ ‘तर, सच्चा ढंगमा एक हुन सकेको खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत पनि प्राप्त गर्न सक्छ,’ उनले भने।
पार्टी एकढिक्का भए एक्लै बहुमत ल्याउन सकिन्छ : सभापति देउवा

कैलाली, फागुन २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक्लै बहुमत ल्याउन सकिने दाबी गरेका छन्।

सोमबार धनगढीमा आयोजित पार्टीको सुदूरपश्चिम प्रदेश सम्मेलनमा सभापति देउवाले पार्टी एकढिक्का भए एक्लै बहुमत ल्याउन सकिने अवस्था रहेको दाबी गरेका हुन्। 

‘कुनै पनि पार्टीले बहुमत प्राप्त गर्नु सजिलो छैन। हाम्रो पार्टी सबैभन्दा ठूलो भए पनि बहुमत हामीसँग छैन । भोलि पनि हुने सम्भावना कम छ।’ ‘तर, सच्चा ढंगमा एक हुन सकेको खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत पनि प्राप्त गर्न सक्छ,’ उनले भने।

Hardik ivf

सभापति  देउवाले आफ्नो मतभेद, आपसी असमझदारी र आपसी प्रतिस्पर्धालाई एउटा बाटोमा राखेर प्रतिस्पर्धा हुनु आवश्यक रहेको बताए। सबै एकजुट भएर लागे बहुमत ल्याउन सकिने उनले बताए।

उनले आपसी प्रतिस्पर्धाका नाममा पार्टीलाई अहित गर्ने काम गर्न नहुने र सुदूरपश्चिमबाटै यसको सुरुआत गर्न आग्रह गरे।

‘पार्टीभित्रको प्रतिस्पर्धा स्वभाविक भएपनि अन्य पार्टीसँगको प्रतिस्पर्धाका क्रममा हुने अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरेर अघि बढ्नुपर्छ। यसको सुरुआत यहीबाट गरौं,’ उनले भने।

कांग्रेस–एमालेबीच गठबन्धन गर्नुपर्ने विविध कारण उल्लेख गर्दै सभापति देउवाले मुख्य प्रतिस्पर्धी भए पनि संसद्को गणित र देशको आवश्यकताअनुसार मिलेर सरकार बनाउनुपरेको बताए। 

उनले प्रतिस्पर्धालाई आफ्नो ठाउँमा राखेर देशका हितमा भोलिका दिनमा पनि मिलेर काम गर्न सकिने बताए। 

‘संविधानबमोजिम राष्ट्र नै समावेशी र समानुपातिक पद्धतिमा चलेकाले प्रत्यक्ष चुनावमा कुनै पनि पार्टीको बहुमत प्राप्त गर्न नसकेकाले कुनै पनि पार्टीसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको छ,’ सभापति  देउवाले भने, ‘प्रतिस्पर्धा हुन्छ तर मिलेर पनि काम गर्नुपर्ने आवश्यकता छ।’

प्रकाशित मिति: २०:३३ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्