Kathmandu Press

‘राजावादीको प्रदर्शनबाट डराउनेवाला छैनौं’

अध्यक्ष दाहालले सरकारले अझै जनताको समस्यामा ध्यानकेन्द्रीत गर्न नसकेका कारण जनतामा ठूलो निराशा छाएको बताए।
‘राजावादीको प्रदर्शनबाट डराउनेवाला छैनौं’

काठमाडौं, फागुन २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो राजावादीले गरेको वृहत प्रदर्शनले आफूहरु नडगमगाएको बताएका छन्। 

सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि पत्रकारहरूले सोधेको ‘हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो’ प्रश्नको जवाफमा उनले यस्तो भनेका हुन्। 

Hardik ivf

‘हिजोको प्रर्दशनले केही हल्लाको छैन। डराउनेवाला पनि छैनौं। त्यत्रो लडाइकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा!,’ उनले भने।

अध्यक्ष दाहालले सरकारले अझै जनताको समस्यामा ध्यानकेन्द्रीत गर्न नसकेका कारण जनतामा ठूलो निराशा छाएको बताए। त्यही कारण यस्तो अवस्था आएको बताउँदे उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरे।

उनले सरकार सेटिङमा आफ्ना मान्छे भर्ति गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत हुँदा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको आरोप लगाए।

‘अहिलेको परिस्थितिको जिम्मेवारी सरकारले लिनै पर्छ। सरकार जुन ढंगले बोल्यो जनतामा निराशा र आक्रोश छ। जनताको समस्यामा ध्यानकेन्दीत सरकारको अझै हुन सकेको छैन,’ उनले भने, ‘सेटिङमा आफ्ना मान्छे भर्ति गर्ने नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत भएको हुनाले जनतामा निकै ठूलो निराशा छ। त्यसैले गर्दा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको जस्तो देखिन्छ।’ 
 

प्रकाशित मिति: २०:११ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्