Kathmandu Press

‘इतिहासको रथ पछाडि फर्कंदैन, निरंकुश शासन सहन सकिँदैन’

‘लाेकतान्त्रिक गणातन्त्र सिध्याउन खोज्ने कुनैपनि प्रवृत्ति निन्दनीय छ, अस्विकार्य छ। इतिहासको रथ पछाडि फर्किन सक्दैन,’ उनले भने, ‘प्रगति, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो। यो राजाबाट सम्भव छैन, इतिहासले यो कुरा भनि सकेको छ।’
‘इतिहासको रथ पछाडि फर्कंदैन, निरंकुश शासन सहन सकिँदैन’

काठमाडौं, फागुन  २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन्। 

सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगती, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए। 

‘लाेकतान्त्रिक गणातन्त्र सिध्याउन खोज्ने कुनैपनि प्रवृत्ति निन्दनीय छ, अस्विकार्य छ। इतिहासको रथ पछाडि फर्किन सक्दैन,’ उनले भने, ‘प्रगति, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो। यो राजाबाट सम्भव छैन, इतिहासले यो कुरा भनि सकेको छ।’

जनता चाहना फेरि निरङ्कुश शासनमा जाने नरहेको पनि अध्यक्ष नेपालले बताए। 

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्