Kathmandu Press

प्रदूषण फैलाउने सवारी साधनलाई महानगर प्रहरीले कारवाही गर्ने 

एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारीमा मेनटेन नभएको देखिएको भन्दै जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा रहेको बताए। 
प्रदूषण फैलाउने सवारी साधनलाई महानगर प्रहरीले कारवाही गर्ने 

काठमाडौं, फागुन २६ : काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई कारबाही गर्ने हिसाबले अगाडि बढेको बताएका छन्। 

सोमबार काठमाडौं महानगरपालिकामा स्थलगत सवारी साधन परीक्षणबाट प्राप्त निष्कर्षहरू साझा गर्दै उनले सवारी साधनबाट धेरै प्रदूषण हुने भएको हुनाले त्यसको जाँच गरेर कारबाहीको दायरामा ल्याउने हिसाबले अगाडि बढेको बताए।

Hardik ivf

‘राजधानीबासीहरुको स्वास्थ्यमा प्रतिकूल असर हुनेगरि क्यान्सर जस्तो घातक रोगहरु निम्ताउने र फोक्सोका रोगहरु पनि निम्ताउने प्रदूषण सवारी साधनबाट आउने गरेको हुनाले सवारी साधनलाई मेनटेन गरेर मात्र चलाउनुपर्छ, तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई नियन्त्रणमा लिनुपर्छ भन्ने हिसाबले कारबाही चलाएका छौं,’ उनले भने।

नगर प्रहरी प्रमुख  पाण्डेले एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारीमा मेनटेन नभएको देखिएको भन्दै जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा रहेको बताए। 

‘एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारिमा मेनटेन नभएको देखिन्छ। हामीले एक महिना जति टेस्ट गरेर, कबुल गर्न लगाउँदा पनि सुधार भएको छैन,’ उनले भने, ‘त्यसकारण सार्वजनिक यातायातको साधनलाई अब उहाँहरुको ग्यारेजमा नै गएर जाँच गर्छौ। हामीले जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा छौं।’

ग्रीन स्टिकट भएका सवारी साधनले पनि धूँवा फालेको हुनाले यो सँग सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गएर कसरी जाँच हुने गरेको छ  त्यसको पनि निरिक्षण गरेको उनको भनाई छ। 
 

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्