Kathmandu Press

दाहालले भोलि संसदलाई सम्बोधन गर्ने

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। 
दाहालले भोलि संसदलाई सम्बोधन गर्ने

काठमाडौं, फागुन २६ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। 

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। 

दाहालले माग गरेबमोजिम बोल्नलाई समय निर्धाण भएको एमाले प्रमुख सचेक महेश बर्तौलाले जानकारी दिए।

प्रमुख सचेकहरुको बैठकमा लोकतन्त्र र गणतन्त्रविरुद्ध ‘अराजकतावादी’ शक्तिहरूले गरेका गतिविधिलाई संसद्‍ले पनि ख्याल गर्नुपर्ने विषयमा पनि छलफल भएको उनले बताए। 

संसद बैठक भोलि दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति: १८:५१ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्