Kathmandu Press

काठमाडौंका बालुवाटार र बानेश्वरसहितका क्षेत्रमा निषेधाज्ञा, अन्य ठाउँ कुन–कुन हुन्?

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार एक सूचना निकाल्दै  राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। 
काठमाडौंका बालुवाटार र बानेश्वरसहितका क्षेत्रमा निषेधाज्ञा, अन्य ठाउँ कुन–कुन हुन्?

काठमाडौं, फागुन २६ : काठमाडौंका बालुवाटार, बानेश्वरसहितका केही स्थानमा निषेधाज्ञा लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार एक सूचना निकाल्दै  राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। 

Hardik ivf

आइतबारबाटै यो निषेधाज्ञा २ महिलानका लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ।

483279738_1303286647394187_5467320486041186972_n-1741609237.jpg

480781911_994946272092680_8097961945648229205_n-1741609237.jpg

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्