नेप्से लागतार छैठौं दिन पनि घट्यो, परिसूचक लगातार गिरावट
आज २०.६८ अंकको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ।
काठमाडौं, फागुन २६ : लगातार छैठौं दिन पनि नेप्से परिसूचकको ओरालो यात्र कायमै रह्यो।
गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक सोमबार पनि घट्यो। आज २०.६८ अंकको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ।
३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार बराबरको कारोबार भएको छ।
आजको कारोबारमा अन्य समूह ०.०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको अवस्था छ।
सबैभन्दा धेरै ‘म्युचुअल फन्ड’ ३.०६, व्यापार १.६५, उत्पादन तथा प्रशोधन १.१५, जलविद्युत् १.१६ र लगानी १.५१ प्रतिशतले घटेको छ।
त्यस्तै, बैंकिङ ०.४४, विकास बैंक ०.७३, वित्त ०.७०, होटल तथा पर्यटन ०.९९, जीवन बिमा ०.४१, लघुवित्त ०.६३ र निर्जीवन बिमा समूह ०.६८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल ‘रिइन्स्योरेन्स कम्पनी लिमिटेड’को ७३ करोड ५० लाख ९० हजार बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ‘घलेम्दी हाइड्रो लिमिटेड’को ११ लाख ६३ हजार आठ सय ५५ कित्ता शेयर किनबेच भएको छ।












