Kathmandu Press

विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं : प्रधानमन्त्री ओली

सम्मेलन उद्घाटनमा ओलीले भने, ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं। अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन।’ 
विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा राजावादीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयलाई लिएर टिप्पणी गरेका छन्। 

सोमबार गैसस महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्नेक्रममा प्रधानमन्त्री ओलीले उक्त टिप्पणी गरेका हुन्। 

सम्मेलन उद्घाटनमा ओलीले भने, ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं। अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन।’ 

प्रधानमन्त्री ओलीले सरकार ‘हरेक दिन एक कदम अगाडि’ भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा अघि बढिरहेको पनि बताए। 

सम्मेलनमा बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न ओलीले आग्रह पनि गरे। 

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्