Kathmandu Press

वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल

केही समययता काठमाडौं उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नाराजुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भएको उनले बताए।  
वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल

काठमाडौं, फागुन २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेको बताएका छन्। 

पार्टी केन्द्रिय कार्याल्यमा  आयोजित कार्यक्रममा  उनले प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए। उनले जनताको लामो संघर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए।  

यस्तै, अध्यक्ष नेपालले  सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेम बताए। उनले भने, ‘प्रतिगामी यथास्थितिवादीहरुले अहिले टाउको उठाउन थालेका छन्। यो विषयलाई पार्टीले गम्भीर रुपमा लिएको छ।’

केही समययता काठमाडौं उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नाराजुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भएको उनले बताए।  

संविधान, लोकतन्त्रका साथै संघीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न उनले आग्रह गरे। संघीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा संघर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्व हुनुपर्नेमा उनको जोड थियो। 

प्रकाशित मिति: १६:३६ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्