Kathmandu Press

वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ : युवराज खतिवडा

अहिले जनसांख्यिक अवसरको लाभ लिन बल गर्नुपर्ने र यस्तो अवसर लिन सकेन भने बुढ्यौलीको जनसंख्या र अर्ध विकासको अवस्थामा जोखिममा पर्ने उनले बताए।
वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ : युवराज खतिवडा

काठमाडौं, फागुन २६ : पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जानुनपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै  उनले आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकासेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका हुन्।

‘वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ र सक्छौं, त्यसका केही सर्तहरू छन्, आर्थिक वृद्धिदरलाई ६ प्रतिशतभन्दामाथी निरन्तर उकास्नुपर्छ। वित्तीय स्रोत तथा साधनलाई काम र रोजगारी सिर्जनातर्फ लैजानुपर्छ,’ उनले भने,  ‘वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई श्रम बजारमा आवद्ध गर्नुपर्ने र आर्जन गरेको आय आर्जनलाई स्वदेशमै लगाउने वातावरण सिर्जना गर्नुपर्छ।’ 

खतिवडाले नेपाल विकाससिल मुलुकबाट विकसित मुलुकमा नपुग्दै अहिलेका मानिस बुढ्यौलीमै जनसंख्या पुग्ने खतरा बढेको बताए।

अहिले जनसांख्यिक अवसरको लाभ लिन बल गर्नुपर्ने र यस्तो अवसर लिन सकेन भने बुढ्यौलीको जनसंख्या र अर्ध विकासको अवस्थामा जोखिममा पर्ने उनले बताए।

‘कुल जनसख्यांको ६५‍.२ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय छन्, त्यो जनसंख्या २ करोड भन्दा बढी छ, ती जनसंख्याले विभिन्न काम गरी आर्थिक वृद्धि गरेर ३० वर्षपछि हुने बुढ्यौलीलाई पाल्ने सक्ने अर्थतन्त्र हामीले निर्माण गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘विकासशील मुलुकमा रहँदा रहँदै बुढ्यौलीमै जनसंख्या भएको देशमा पुग्ने खतरा छ, अरु मुलुकमा बुढ्यौली जनसंख्यामा पुग्दा देश विकसित मुलुकमा पुगिसकेको छ।’

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्