Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

धार्मिक भ्रमणको सिलसिलामा भारत प्रश्थान गर्नुपूर्व मन्त्री डा.राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे। 
परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान
फाइल तस्बिर।

काठमाडौं, फागुन २६ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्।

मन्त्री डा.राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजामा सहभागी हुन भारततर्फ प्रश्थान गरेकी हुन्। 

धार्मिक भ्रमणको सिलसिलामा भारत प्रश्थान गर्नुपूर्व मन्त्री डा.राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे। 

सोहीक्रममा मन्त्री डा.राणा भारतको विदेश मन्त्रालयले १७ मार्चदेखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा पनि सहभागी हुने छन्। 

उक्त डायलगमा मन्त्री डा.राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रमलाई मन्त्री डा.राणाले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १५:५१ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्