Kathmandu Press

रौतहटमा होली खेल्नेहरुमाथि प्रहरीको निगरानी

रौतहटमा होली खेल्नेहरुमाथि प्रहरीको निगरानी

रौतहट, फागुन  २६ : जिल्ला प्रहरी कार्यालय रौतहटले फागु पुर्णिमा अर्थात होली पर्वलाई मर्यादित,सभ्य र सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ।

होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न, अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न प्रहरीले आग्रह गरेको हो।

रौतहट प्रहरीले सूचना जारी गर्दै आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भाँग, गाँजाजस्ता नसालु पदार्थ सेवन नगर्न र उच्छृंखल क्रियाकलाप नगर्न आग्रह गरेको छ। यस्तै, प्रहरीले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माइक आदिको प्रयोग नगर्न पनि आग्रह गरेको छ।  

कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने प्रहरील् जनाएको छ।  

यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिँडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुःख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न प्रहरीले गरेको छ। 

फागुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईमा होली मनाइँदै छ। 
 

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्