Kathmandu Press

राप्रपाले बुझायो महानगरलाई १ लाख जरिवाना

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएका हुन्।  
राप्रपाले बुझायो महानगरलाई १ लाख जरिवाना

काठमाडौं, फागुन २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र विरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो।

सोमबार बिहान महानगरले जरिवनता तिर्न पत्र काटेलगत्तै राप्रपालले महानगरलाई जरिवाना बुझाएको हो।

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएका हुन्।  

यसको जानकारी शाहीले समाजिक सञ्जालमार्फत दिएका छन्। उनले राप्रपा सुधार र विधिको शासन मान्ने बताएका छन्।

‘हामी राप्रपा सुसाशन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१ लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं।

प्रकाशित मिति: १५:३१ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्