Kathmandu Press

राजा फर्कन सम्भव छैन : सापकोटा

प्रवक्ता अग्नी सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए। 
राजा फर्कन सम्भव छैन : सापकोटा

काठमाडौं, फागुन २६  : नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ। 

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपनि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्नी सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए। 

‘हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौ नि त। हामीलाई जनताप्रति धेरै विश्वास छ। संसारभरि अहिले अराजकता छ। अन्यौल जस्तो स्थिति छ,’ उनले भने, ‘यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा कोही लागेका छन्, त्यो सपनामा मात्रै हुन्छ। सफल हुँदैन।’

प्रवक्ता सापकोटाले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खाजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताए। 

‘माओवादीले राजा ल्याउने कुरा कल्पना पनि गर्न सक्दैन। माओवादीले ल्याउन खोजेको भनेर एउटा भाष्य बनाउन खोजिएको मात्र हो,’ उनले भने, ‘जनतालाई भ्रमित पार्ने उद्देश्य अन्तरनिहीत छ। जनता भ्रमित हुँदैनन्।


 

प्रकाशित मिति: १५:१३ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्