पुरुषको क्षमताबारे प्रश्न उठ्दैन, महिलाको सक्षमताको हरेक क्षण प्रश्न उठ्छ : न्यायाधीश मल्ल
‘निर्णायक तहमा महिलाको उपस्थिति कम छ । उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो ? पुरुषको क्षमताको प्रश्न उठ्दैन, तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ। हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ,’ उनले भनिन्।-(7)-1741594642.jpg)
काठमाडौं, फागुन २६ : सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको बताएकी छन्।
सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै मल्ले उक्त भनाई राखेकी हुन्। उनले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको धारणा पनि राखिन्।
‘निर्णायक तहमा महिलाको उपस्थिति कम छ । उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो ? पुरुषको क्षमताको प्रश्न उठ्दैन, तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ। हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ,’ उनले भनिन्।
मल्लले महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता पनि औंल्याइन्। स्वच्छ र समानतामूलक न्याय आजको आवश्यकता भएको भनाई उनको थियो। वरिष्ठतम् न्यायाधीश मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि पर्याप्त नरहेको समेत बताइन्।
न्यायलयमा महिला उपस्थितिलाई कसरी बाक्लो बनाउने र कसरी प्रभावकारी बनाउने भन्ने बहसको विषय भएको भनाई उनको थियो। निर्णायक तहमा महिलाको उपस्थिति कम रहेको न्यायाधीश मल्लेले बताइन्।
‘यूएन वुमनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एकपटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो। उनीहरूमध्ये ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने। किनभने कानुन पनि विभेदपूर्ण छ,’ मल्लको भनाई थियो, ‘न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अफ्ठ्यारो लाग्छ । सहज वातावरण कसरी सिर्जना गर्ने? आजकाल त गर्व लाग्छ । किनभने, महिला अधिकृतहरू बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकिल पनि धेरै महिला हुनुहुन्छ, वैतनिक वकिल पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकिल नै हुनुहुन्छ । सुरक्षा दिन पनि महिला नै हुनुहुन्छ । पत्रकारहरूले जुन कभर गर्नुहुन्छ कानुनको, त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ।’
कार्यक्रममा न्यायाधीश मल्लले पुरुष पनि महत्वपूर्ण हुने बताउँदै महिलाको उपस्थिति केही हदसम्म देखिए पनि पर्याप्त नभएको टिप्पणी गरिन्।












