Kathmandu Press

प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुन्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास बिना आन्तरिक रोजगारका लागि अवसर प्राप्त नहुने बताउँदै रोजगार सिर्जना गर्न सरकारभन्दा नीजि क्षेत्र बढी क्रियाशिल हुनुपर्ने उल्लेख गरे।
प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुन्छौं : प्रधानमन्त्री

काठमाडौं, फागुन २६ : सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको समेत शुभारम्भ भएको घोषणा गरिएको छ। उक्त कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास तीव्रताका साथ गर्न आग्रह गरे। उनले प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुँदै अगाडि बढ्नुपर्ने बताए।

Hardik ivf

‘रोजगारीका अवसरहरु सिर्जना गर्न हामीले उद्यमशिलतालाई जोड दिनुपर्छ। उद्यमशिलतार आधुनिकिकरण मार्फत मात्र रोजगारीको सम्भव छ। हामीले कृषिको आधुनिकिकरण गर्यौं भने त्यही बाट थप उद्यमशिलताको सिर्जना हुन्छ। त्यही बाट आम्दानी बढि हुन्छ,’ उनले भने, ‘उद्यमशिलताको विकास गरौं, उद्यमशिलताको विकास  तिव्रताका साथ गरौं, आधुनिकता तर्फको यात्रालाई तिव्रताका साथ अगाडि लगौं, उत्पादन, उत्पादोकत्व र विकासका लागि विज्ञान र प्रविधिको  अधिकतम प्रयोग गरेर हाम्रो  सम्पूर्ण जनशक्ति विकासमा केन्द्रित गरौं।’

प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास बिना आन्तरिक रोजगारका लागि अवसर प्राप्त नहुने बताउँदै रोजगार सिर्जना गर्न सरकारभन्दा नीजि क्षेत्र बढी क्रियाशिल हुनुपर्ने उल्लेख गरे।

उनले समृद्ध नेपाल सुखी नेपाली विकासको भिजन बोकेर सरकार हिँडेको भन्दै राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरे।

‘आन्तरिक रोजगारी उद्यमशीलताको विकास बिना सम्भव छैन। सरकारी जागिर त सीमित छ। कहिले को रिटायर्ड हुन्छ र एउटा खाली हुन्छ,’ उनले भने, ‘त्यो पनि लोकसेवाले परीक्षा हुनेगरी समानुकुल विज्ञापन आह्वान गर्छ। त्यसैले रोजगारीको सिर्जना गर्न उद्यमशीलताबाट मात्र सम्भव छ।’

सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सम्मेलन सफलताको शुभकामना दिँदै रोजगारी अभिबृद्धिको वहस संसदमा पनि चल्नुपर्ने बताए।

 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्