प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा भाग लिन थाइल्याण्ड जाने, माेदीसँग भेट गर्ने
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि थाइल्याण्ड जाने भएकी छन् ।
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते बिम्स्टेक सम्मेलनमा भाग लिन थाइल्याण्डको राजधानी बैंकक जाने तय भएको छ।
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि थाइल्याण्ड जाने भएकी छन् ।
बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रहरूको छैटौं सम्मेलन आगामी चैत १९ र २० (अप्रिल २ र ३) मा बैंककमा हुँदैछ।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागि हुँदैछन्। त्यसक्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने जनाइएको छ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते पनि अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो। बिम्स्टेक सम्मेलनमा उद्योग, उत्पादकत्व, आइटी, बाणिज्य, कनेक्टिभिटी, कृषि, उर्जालगायत विषयमा छलफल हुन्छ।
बिम्स्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन्।












