Kathmandu Press

राजतन्त्रको विषयमा हल्ला भइरहेको छ, राजावादीको हल्लाले केही हुँदैन : सभापति देउवा 

‘राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको छ। कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो । हल्ला गरेर केही हुँदैन,’ देउवाले भने। 
राजतन्त्रको विषयमा हल्ला भइरहेको छ, राजावादीको हल्लाले केही हुँदैन : सभापति देउवा 

कैलाली, फागुन २६ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीहरुले हल्ला गरेर केही नहुने बताएका छन्। 

सभापति देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको पनि स्पष्ट पारे। 

सोमबार धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उक्त भनाई राखेका हुन्। 

संचारकर्मीको जिज्ञासामा देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने पनि स्पष्ट पारे।

‘राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको छ। कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो । हल्ला गरेर केही हुँदैन,’ देउवाले भने। 

सभापति देउवासहितका कांग्रेसका नेताहरु पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन धनगढी आइपुगेका हुन्।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्