Kathmandu Press

१ करोड धरौटी खारेज गर्न माग राख्दै उच्च अदालत पुगे रवि

रुपन्देहीको सुप्रिम सहकारी ठगीसम्वन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी रकम लिएर लामिछानेलाई तारिखमा राखेको थियो। 
१ करोड धरौटी खारेज गर्न माग राख्दै उच्च अदालत पुगे रवि
फाइल तस्बिर।

दाङ, फागुन २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आफूसँग अदालतले लिएको धरौटी रकम खारेज गर्न मागसहित उच्च अदालत तल्सीपुर पुगेका छन्।

रुपन्देहीको सुप्रिम सहकारी ठगीसम्वन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी रकम लिएर लामिछानेलाई तारिखमा राखेको थियो। 

Hardik ivf

उनले धरौटी रकम खारेज गर्दै साधारण तारेखमा राख्न उच्च अदालत समक्ष माग गरेका छन् । लामिछानेले दिएको निवेदन उच्च अदालतमा सोमबार दर्ता भएको छ।

लामिछानेसँग सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख र चितवनको साहारा चितवन सहकारी ठगी मुद्दामा अदालतले ५४ लाख रुपैयाँ धरौटीमा रकम लिएर लामिछानेलाई छाडेको थियो। 

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, फागुन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्