Kathmandu Press

‘महिला न्यायाधीशहरूमा क्षमता, साहस र अध्ययन हुनुपर्छ’ 

सोमबार काठमाडौंमा आयोजित दोस्रो महिला न्यायाधीश सम्मेलनमा २०८१ मा बोल्दै उनले महिला न्यायाधीशलाई नेपालको न्यायालय र न्यायप्रणालीको गौरव बनाउन आफ्नो तर्फबाट सक्ने मद्दत गर्ने बताए।
‘महिला न्यायाधीशहरूमा क्षमता, साहस र अध्ययन हुनुपर्छ’ 

काठमाडौं, फागुन २६ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित दोस्रो महिला न्यायाधीश सम्मेलनमा २०८१ मा बोल्दै उनले महिला न्यायाधीशलाई नेपालको न्यायालय र न्यायप्रणालीको गौरव बनाउन आफ्नो तर्फबाट सक्ने मद्दत गर्ने बताए।

‘महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ। यसमा मेरो तर्फबाट जुन भूमिका निर्वाह गर्नुपर्ने हो, म कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने, ‘न्याय सम्पादनको क्रममा अविचलित अडान राख्दा निश्पक्षता कायम गर्दा,विवेकपूर्ण निर्णय गर्दा मात्र त्यो गौरव कायम गर्न सकिन्छ। न्यायपालिको गरिमा र मर्यादा अभिवृद्धि हुन सक्छ।’

प्रधानन्यायाधीश राउतले अहिलेको नेतृत्वले न्यायीक सुधारको एजेण्डालाई बढाएको बताए। आफैंमा जटिल न्यायसम्पादनको काम महिलाको लागि झनै जटिल रहेको उनको भनाई छ। 

‘अहिलेको नेतृत्वले न्यायीक सुधारको एजेण्डालाई बढाएको छ। थाहा छ, न्यााय सम्पादनको कार्य धेरै जटिल छ। महिलाको लागि झनै जटिल छ। किनकी महिलाले म्यानेज गुर्नपर्ने धेरै छन्,’ उनले भने, ‘परिवार घर समय र न्यायसम्पादन म्यानेज गर्नुपर्छ । तर प्रयास गर्यो भने सफलता नहुने कुरा नै छैन।’
 
प्रकाशित मिति: १३:०८ बजे, सोमबार, फागुन २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्