सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो।-(1)-1741536028.jpg)
काठमाडौं, फागुन २६ : काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।
सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो।
‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको,’ महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा उल्लेख छ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ।
प्रकाशित मिति: १०:३९ बजे, सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












