Kathmandu Press

कांग्रेसको नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन्। 
कांग्रेसको नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो: महामन्त्री शर्मा

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन्। 

उनले नेपाली कांग्रेसका पूर्व सभापति एवंम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थनीतिको कारण आजको यो अवस्था आएको बताएका हुन्।   

Hardik ivf

उनले भने, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्, प्रतिकुलता र अस्थिरताको बिचमा  सामाजिक न्याय सहितको उदार अर्थ व्यवस्थाको नीति  जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यूनरुपमा सहि रोजगारीको जे जस्ता अवस्था सिर्जना भएका छन्। निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ। यसलाई जि.वी भन्दा फरक पर्दैन। गिरिजाप्रसाद कोइरालाले लिएको नीतिको कारणले हो।’

उनले संसद पाँच वर्ष टिक्ने र सविधान संसोधनको लागि छलफल गरिरहेको पनि बताए। 

नेपाली कांग्रेसले 'राजनीतिक विमर्शको केन्द्रमा रोजगार – सरकारको प्राथमिकतामा रोजगार' भन्ने लक्ष्यका साथ 'मिसन रोजगारी' अभियान सञ्चालन गरेको छ। 

आइतबार (आज) नेपाली कांग्रेस पार्टी कार्यालय तथा  नेपाली कांग्रेस  पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा संचालन हुने यस अभियानको उद्घाटन भएको हो। 

 

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, फागुन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्