Kathmandu Press

बाल सेनासम्बन्धी विवादको रिट पूर्ण इजलासमा

आइतबार सर्वोच्चको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो।
बाल सेनासम्बन्धी विवादको रिट पूर्ण इजलासमा

काठमाडौं, फागुन २५ : बालसेनाको विवादमा दायर भएको एक रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ।

आइतबार सर्वोच्चको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो।

माओवादीका पूर्वलडाकु लेनिन विष्टले संक्रमणकालीन न्यायका विषयमा बालसेनाको सरोकार सम्बोधन गर्नुपर्ने माग राखेर दुई वर्षअघि रिट दिएका थिए।

संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकुल नभएको दाबी उनको छ। 

रिटमा द्वन्द्वकालीन बालसेनाको पहिचान समाप्त गरेको र बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाबाट हटाएको भन्दै उक्त बिषय समावेश हुनुपर्ने माग समेत छ।

अब यो तीन वा सो भन्दा बढी न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाई हुने भएको छ। 

 

प्रकाशित मिति: १९:११ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्