Kathmandu Press

च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्यान्डले भारतलाई दियाे २५२ रनको चुनाैतीपूर्ण लक्ष्य

दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २५१ रन बनाउँदै भारतलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो।
च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्यान्डले भारतलाई दियाे २५२ रनको चुनाैतीपूर्ण लक्ष्य

काठमाडाैं, फागुन २५ : च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले २५२ रनको लक्ष्य पाएको छ। दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २५१ रन बनाउँदै भारतलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो।

न्युजिल्यान्डका लागि डार्यल मिचेल र मिचेल ब्रेसवेलले अर्धशतक प्रहार गरे। मिचेलले १०१ बलमा ३ चौका मद्दतमा ६३ रन बनाउँदा ब्रेसवेलले ४० बलमा ३ चौकार २ छक्का मद्दतमा ५३ रन बनाए। 

Hardik ivf

न्युजिल्यान्डले उत्कृष्ट सुरुआत गरेको थियो। उसले ७.५ ओभरमा ५७ रन बनाउँदै राम्रो सरुआत गरेको थियो। जसमा रचिन रविन्द्रले २९ बलमा ३७ रन बनाए। त्यसपछि लगातार विकेट जाँदा न्युजिल्यान्ड १०८–४को अवस्थामा आएको थियो। त्यसपछि  मिचेलसँग ग्लेन फिलिप्सले ४६ रनको साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ उकासेका थिए। फिलिप्सले ३४ रन बनाए।

बलिङमा भारतका कुलदीप यादव र वरुण चक्रवर्तीले समान २ विकेट लिँदा रविन्द्र जडेजा र मोहम्मद सामीले समान १ विकेट लिए।

भारत लागतार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनल पुगेको हो भने न्युजिल्यान्ड सन्  २००० पछि फाइनल पुगेको हो।

प्रकाशित मिति: १८:२९ बजे, आइतबार, फागुन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्