Kathmandu Press

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह, समर्थकद्वारा प्रधानमन्त्रीविरुद्ध नाराबाजी  

पूर्वराजा शाहको स्वागतकाक्रमा समर्थकहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी समेत गरेका छन्।
काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह, समर्थकद्वारा प्रधानमन्त्रीविरुद्ध नाराबाजी  

काठमाडौं, फागुन २५ : पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन्। 

शाहले विमानस्थलको मुख्यद्वारमा समर्थकलाई अभिवादन गरे। शाहको स्वागतका लागि उनका समर्थक विमानस्थलको मुख्यद्वार अगाडि भेला भएका थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता पनि स्वागतका लागि पुगेका थिए। 

पूर्वराजा शाहको स्वागतकाक्रमा समर्थकहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी समेत गरेका छन्। एक महिना पोखरा बसेर पूर्वराजा शाह काठमाडौं फर्किएका हुन्। 

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसँग शाहका समर्थकको धकेलाधकेल समेत भएको छ। शाह समिट एयरको ९ एन–एकेजेड कलसाइन चार्टर्ड विमानमार्फत काठमाडौँ उत्रिएका हुन्। 

राप्रपा नेपालका कमल थापासहितका नेता उनको स्वागतमा विमानस्थल पुगेका थिए। 

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्