Kathmandu Press

कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु

‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गरिएको जनाइएको छ।
कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेसले आइतबारदेखि ‘मिसन रोजगारी’ अभियान सुरु गरेको छ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय सानेपामा अभियानको सुरुवात गरिएको हो।

‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गरिएको जनाइएको छ।

उक्त अवसरमा महामन्त्री शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा बनाउनुपर्ने भनाई राखे। राजनीतिक दलहरूले गर्ने बहस, एजेण्डा, प्रतिष्पर्धा भन्दा पृथक रुपमा जनसरोकारको विषय उठान हुनुपर्ने आवस्यकता पनि उनले औंल्याए।

‘नागरिकलाई छुने विषयहरूमा जानुपर्छ। जलवायु परिवर्तनको विषय होस् वा जलविद्युत उत्पादन र व्यापारको विषय साझा विषय हो,’ महामन्त्री शर्माले भने, ‘सुशासन दिनुपर्ने दायित्वको विषय साझा विषय हो। पूर्वाधार निर्माणमा बढाउनुपर्ने गति, साझा राष्ट्रिय प्राथमिकताको विषय हो । रोजगारी सिर्जना गर्ने, रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हो र नेपाली कांग्रेस पार्टी यसको अग्रसरता लिनुपर्छ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने पनि बताए।

 

 

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्