Kathmandu Press

‘पूर्वराजाका गतिविधिलाई नियन्त्रण गरियोस्’ 

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुनुपर्ने बताइन्। 
‘पूर्वराजाका गतिविधिलाई नियन्त्रण गरियोस्’ 

काठमाडौं, फागुन २५ : राष्ट्रिय सभाको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर सांसदहरुले चर्को आपत्ति जनाएका छन्। 

सांसदहरुले ज्ञानेन्द्र शाहका गतिविधिमाथि नियन्त्रणका लागि सरकारलाई आग्रह समेत गरे। नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुनुपर्ने बताइन्। 

‘हामीले परास्त गरेको, नेपाली जनताको निम्ति अफापसिद्ध छ भनेर मसानघाटमा पु¥याएको राजतन्त्र फेरि कुर्लिरहेको छ । प्राप्त अधिकार नगुमाउन सबै सजग बनौं,’ उनले भनिन्।

Hardik ivf

राईले संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्ष गरेर प्राप्त भएको पनि बताइन्। उनले शाहका गतिविधिले संघीय लोकतन्त्रमाथि धावा बोलिरहेको बताउँदै सरकारको ध्यानाकर्षण समेत गरिन्। 

समाजवादीकै अर्का सांसद उदयबहादुर बोहराले पनि लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने बताए। 

‘केही समययता काठमाडौं लगायत मुलुकका केही शहरहरूमा नाराजुलुस भइरहेका छन्। उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ,’ उनले भने। उनले गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने भनाई पनि राखे। 

माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिनुपर्ने भनाई राखे । ‘कथित राजा फर्काउने नाममा जुन ढंगको नाटक मञ्चन गरिरहेका छन्, त्यसको नियन्त्रण सरकारले गरोस्,’ उनले भने।

कांग्रेसका सांसद युवराज शर्माले व्यवस्था विरोधी अभियान निस्तेज पार्न गणतन्त्रवादी दलहरूका बीचमा सहमति र सहकार्य आवश्यक रहेको बताए। 

 

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, फागुन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्