Kathmandu Press

वुमन्स डे कप : युगान्डामाथि नेपालको १ विकेटको रोमञ्चक जित

चार  देश सम्मिलित वुमन्स डे कपमा नेपालले युगान्डामाथि १ विकेटको रोमाञ्चक जित निकाल्यो।
वुमन्स डे कप : युगान्डामाथि नेपालको १ विकेटको रोमञ्चक जित

काठमाडाैं, फागुन २५ : युगान्डा भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टिमले पहिलो जित निकालेको छ। युगाण्डामा जारी चार  देश सम्मिलित वुमन्स डे कपमा नेपाले आइतबार आयोजक युगान्डालाई हरायो।

आइतबार भएको खेलमा नेपालले युगान्डामाथि १ विकेटको रोमाञ्चक जित निकाल्यो। ७६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा भेट्टायो।

खराब ब्याटिङ गरेको नेपालका लागि डेब्यू खेलाडी साना प्रविनले सर्वाधिक १७ रन पुजा महतोले १६ रन बनाइन्। अन्य भने सस्तैमा पभेलियन फर्किए।

एक समय ५०–३को बलियो अवस्थामा रहेको नेपाल त्यसपछि १९ रन जोड्दा ६ विकेट गुमाएपछि नेपाल दाबामा आएको थियो। तर, युवा खेलाडीद्वय रिया शर्मा र ईश्वरी विष्टले अन्तिम ओभरमा ६ रन बनाउँदै जित दिलाए। 

बलिङमा युगाण्डाका लागि कप्तान जानेत बाबजीले ३ तथा सारा वालाजाले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले पनि खराब ब्याटिङ गरेको थियो। उसले ७ विकेटको क्षतिमा ७५ रन मात्र बनाउन सकेको थियो। 

युगान्डालाई सस्तैमा रोक्ने क्रममा पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन्  भने इन्दु बर्माले २ विकेट लिइन्।

प्रतियोगिता नेपालको यो पहिलो जित हो। यसअघि नेपाल शनिबार भएको वर्षा प्रभावित खेलमा नामिबियासँग डिएलएस मेडथमा ६ विकेटले पराजित भएको थियो। 

अब नेपालले तेस्रो खेल भोलि हङकङसँग खेल्नेछ।

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्