गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : सांसद विश्वकर्मा
केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेको प्रति उनले आपत्ति जनाए।
काठमाडौं, फागुन २५ : सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बतएका छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई बलियो बनाउनु पर्ने बताए।
केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेको प्रति उनले आपत्ति जनाए। उनले यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराए।
यस्तै, उनले सप्तरीको पूर्वी भेगका किसान वन्यजन्तु आरक्षबाट प्रभावित भएका तथा उनीहरूले लगाएको बाली आरक्षका जनावरले नष्ट गरेका भन्दै बाली संरक्षण गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए।
स्थानीय तहलाई सुदृढ बनाउँदै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरिनुपर्नेमा पनि उनले जोड दिए।
प्रकाशित मिति: १६:१५ बजे, आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












