Kathmandu Press

तनहुँ कांग्रेसका सदस्य पौडेलको दुर्घटनामा मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति पौडेल सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। 
तनहुँ कांग्रेसका सदस्य पौडेलको दुर्घटनामा मृत्यु

तनहुँ, फागुन २५ : तनहुँ कांग्रेसका जिल्ला सदस्य बालकृष्ण पौडेलको दुर्घटनामा परी मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति पौडेल सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। 

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जिपी कोइराला अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले पौडेललाई मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्