पूर्वराजा शाहका समर्थकहरू विमानस्थलको मुख्य गेट अगाडि भेला
विमानास्थलको गेटमा भिडभाड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको हो।-1741512833.jpeg)
काठमाडौं, फागुन २५ : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि अहिले समर्थकहरु काठमाडौं विमानस्थलको बाहिरी गेट अगाडि भेला भएका छन्।
विमानास्थलको गेटमा भिडभाड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको हो।
पूर्वराजा ज्ञनेन्द्र शाह पोखराबाट हवाईमार्ग हुँदै काठमाडौं फर्कंदै छन्। स्वागतका लागि राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, दुर्गा प्रसाईंका कार्यकर्ता र विभिन्न संघसंस्थाहरु चक्रपथ सडकबाट विमानस्थलको गेटमा भेला भएका हुन्।
-1741508909.jpeg)
सुरक्षाकर्मीले उनीहरुलाई विमानस्थलको मुख्य गेटभित्र प्रवेश गर्न रोकेको छ । विमानस्थलसम्म जानेहरुलाई प्रहरीले चेकजाँचमार्फत निगरानीमा राखेको छ । समर्थकहरु निर्मल निवाससम्म नारा जुलुस गर्ने तयारीमा छन्।
सुरक्षाकर्मीलाई अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई उच्च सतर्क अवस्थामा राखिएको छ । राजावादीहरु राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन्।












