रवि अदालतको तारिख बुझ्न पोखरा र बुटबल जाँदै
उनको सचिवालयका अनुसार लामिछाने आइतबारै जिल्ला अदालत कास्कीमा उपस्थित हुने छन्। काश्की अदालतमा तारिख बुझेपछि त्यहाँबाट रुपन्देही अदालत जाने भएका छन्।
काठमाडौं, फागुन २५ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने अदालतको तारिख बुझ्न काश्की जाने भएका छन्।
उनको सचिवालयका अनुसार लामिछाने आइतबारै जिल्ला अदालत कास्कीमा उपस्थित हुने छन्। कास्की अदालतमा तारिख बुझेपछि त्यहाँबाट रुपन्देही अदालत जाने भएका छन्।
सोमबार रुपन्देही अदालतमा पुगेर लामिछानेले तारेख बुझ्ने तयारी छ।
रास्वपा सभापति लामिछाने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा छुटेका थिए।
रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर तारिखमा बसेका थिए । उनीविरुद्ध सहकारी ठगीमा काठमाडौं र चितवनमा पनि मुद्दा छ।
त्यहाँ पनि उनी धरैटी तारिखमा छुटेका थिए। पर्सामा पनि सहकारी ठगीमा मुद्दा चलाउने तयारी छ।
प्रकाशित मिति: १३:४४ बजे, आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












