Kathmandu Press

चार्टर्ड विमानबाट काठमाडौं फर्कंदै पूर्वराजा

पोखराको पुरानो विमानस्थलबाट पूर्वराजा शाह समिट एअरको चार्टर्ड विमानमार्फत काठमाडौं आउन लागेका हुन्। 
चार्टर्ड विमानबाट काठमाडौं फर्कंदै पूर्वराजा

काठमाडौं, फागुन २५ : पोखरामा रहेको पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानबाट काठमाडौं आउँदै छन्। 

पोखराको पुरानो विमानस्थलबाट पूर्वराजा शाह समिट एअरको चार्टर्ड विमानमार्फत काठमाडौं आउन लागेका हुन्। 

पूर्वराजा शाह दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने बताइएको छ। पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यामा समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भेला भएका छन्।

सोही कराण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।

उनी भैरहवाबाट सोही विमानमा पोखरा आएका थिए। 

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्