Kathmandu Press

टेकुको ढलमा खसेका व्यक्तिको उद्धार

आइतबार बिहान टेकुस्थित कनक पेट्रोल पम्प नजिककै ढलभित्र छिरेका एक व्यक्तिलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो।
टेकुको ढलमा खसेका व्यक्तिको उद्धार

काठमाडौं, फागुन २५ : काठमाडौंको टेकुमा ढलमा छिरेका एक व्यक्तिको उद्धार गरिएको छ।

आइतबार बिहान टेकुस्थित कनक पेट्रोल पम्प नजिककै ढलभित्र छिरेका एक व्यक्तिलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो।

३१–३२ वर्षका ती व्यक्ति आइतबार बिहान ६ः४५ बजे ढलमा खसेका थिए। ती व्यक्ति सुस्त मनस्थितीका रहेको प्रहरीले जनाएको छ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्