Kathmandu Press

प्रधानमन्त्री ओली धनगढी जादैँ, सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने 

ओलीले आज मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
प्रधानमन्त्री ओली धनगढी जादैँ, सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने 
Hardik ivf

काठमाडौं, फागुन २५ : सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दै छन्।

ओलीले आज मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति: ०८:१३ बजे, आइतबार, फागुन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्