राजेन्द्र लिङ्देनको अरोप– लोकतन्त्र र गणतन्त्र ल्याएँ भन्नेहरु लुटतन्त्र मच्चाइरहेका छन्
शनिबार पर्सामा आयोजित कार्यक्रममा उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेको बताए।-(7)-1741445444.jpg)
काठमाडौं, फागुन २४ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देश एउटा विशिष्ट स्थितिका बीच अगाडि बढिरहेको बताएका छन्।
शनिबार पर्सामा आयोजित कार्यक्रममा उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेको बताए।
‘अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिराखेको छ। मुलुकमा प्रजातन्त्र ल्याएँ, लोकतन्त्र ल्याएँ, गणतन्त्र ल्याएँ भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेका छन्,’ उनले भने, ‘उनीहरु देशभित्रै रोजगारी सिर्जना गर्ने, देशभित्रै युवाहरुले गरिखाने वातावरणको निर्माण गर्ने दिशामा होइन् देशका उद्योग धन्दाहरु समेत बन्द गरेर कमिशन खाने र युवाहरुलाई विदेश जान बाध्य बनाउने काममा निरन्तर लागिरहेका छन्।’
अध्यक्ष लिङ्देनले आज देशको जति राजश्व छ, जति आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुग्न नसकेको बताए। उनले कर्मचारीहरुलाई तलब खुवाउनकै लागि विदेशीहरुबाट ऋण लिनुपरेको अवस्था रहेको बताए।
‘नेपाली जनताले र राजा स्वयमले पनि आज भन्दा झण्डै दुई दशक अगाडि देशको भलो हुन्छ होला, देशको प्रगति हुन्छ होला। जनताले सुख पाउने र समृद्धि पाउने दिन आउँछ होला भनेर दलहरुलाई देश जिम्मा लगाएको थियो । तर देश कुन अवस्थाबाट अगाडि बढिराखेको छ?,’ उनले भने, ‘आज देश देशको जति राजश्व छ, आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुगिरहेको अवस्था छैन। तलब खुवाउनैकै लागि विदेशिहरुबाट ऋण लिनुपरेको अवस्था छ।’












