Kathmandu Press

पुनर्निर्माण र पुनस्र्थापनाको काम सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री लेखक

लामो समयसम्म भुकम्प पीडितले राहत नपाएको समयमा पुर्ण रुपमा क्षति भएका निजि आवासको पुननिर्माण, पुनस्र्थापना र आवास मर्मतको कार्यलाई दुर्त गतिमा अगाडि बढाउने काम भइरहेको उनले बताए।
पुनर्निर्माण र पुनस्र्थापनाको काम सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री लेखक

अछाम, फागुन २४  : पुनर्निर्माण र पुनस्र्थापनाको कामलाई अहिले सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।

जिल्ला समन्वय समिती अछामको कार्यालयमा स्थापना भएको जिल्ला भुकम्पीय पुननिर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयको शनिबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले पश्चिम नेपालको डोटी बझाङ र जाजरकोट जिल्लामा गएको  भुकम्पले जनधनसँगै मुलुकले  ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए।

लामो समयसम्म भुकम्प पीडितले राहत नपाएको समयमा पुर्ण रुपमा क्षति भएका निजि आवासको पुननिर्माण, पुनस्र्थापना र आवास मर्मतको कार्यलाई दुर्त गतिमा अगाडि बढाउने काम भइरहेको उनले बताए।

उनले लाभग्राहीलाई ढिलो नगरी रकम उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे। बजेट व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाउँदै गृहमन्त्री लेखकले स्थानीय तहहरुले समयमा लाभग्राही छनौट गरेर पठाएमा पीडित हरुले समयमै रकम पाउने बताए।

भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनः निर्माण अन्तर्गत पहिलो किस्ता प्रतिव्यक्ति ५० हजारका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो। 
 
प्रकाशित मिति: १९:०१ बजे, शनिबार, फागुन २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्