Kathmandu Press

देशैभरका शिक्षक काठमाडाैंका सडकमा [फाेटाे फिचर]

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडाैं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु गरेका छन्।
देशैभरका शिक्षक काठमाडाैंका सडकमा [फाेटाे फिचर]

काठमाडौं, फागुन २४ : देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन्। शनिवार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरे।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडाैं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु गरेका छन्। उनीहरू शनिबार माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगे। 

विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरुले आन्दोलन गरेका हुन्।

Hardik ivf

महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ।

यता, आन्दोलनमा भेटिएका नेपाल टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राई आफू भौतिक रुपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक पटक सम्झौता भएका मुद्दाहरुलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण  श्रमजीवि वर्गप्रति सकारात्मक नहुनु रहेको बताए।

‘राजनीतिक दलहरु पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरी शिक्षक साथीहरु आन्दोलनको मैदानमा उत्रनु परेको हो । त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशीघ्र जारी गर्नु पर्छ,’ उनले भने। 

Photo-(12)-(12)-1741438373.jpg

Photo-(25)-(4)-1741438566.jpg

Photo-(24)-(4)-1741438566.jpg

Photo-(28)-(1)-1741438569.jpg

Photo-(16)-(9)-1741438387.jpg

Photo-(30)-(4)-1741438570.jpg

Photo-(15)-(6)-1741438374.jpg

Photo-(2)-(49)-1741438359.jpg

Photo-(26)-(4)-1741438569.jpg

Photo-(6)-(22)-1741438359.jpg

Photo-(21)-(7)-1741438418.jpg

Photo-(17)-(8)-1741438387.jpg

Photo-(11)-(13)-1741438371.jpg

Photo-(10)-(12)-1741438371.jpg

प्रकाशित मिति: १८:४३ बजे, शनिबार, फागुन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्