Kathmandu Press

रोटरी क्लबको दुईदिने कार्यशाला सकियो

कार्यशाला रोटरी फाउन्डेसनको महत्व, सदस्य आकर्षण र स्थायित्व, सामाजिक सेवाका परियोजना, बैठक सञ्चालन, युवा नेतृत्व लगायतका विषयमा केन्द्रित रहेको रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का आगामी वर्ष (२०२५/२६) का डिस्ट्रिक गभर्नर विनोद कोइरालाले जानकारी दिए। 
रोटरी क्लबको दुईदिने कार्यशाला सकियो

पर्सा, फागुन २४ :  ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२, नेपाल–भुटान’ अन्तर्गत आगामी कार्यकाल (२०२५/२६) का अध्यक्षहरूलाई आफ्ना योजना बनाउन र सफलतापूर्वक कार्यान्वयन गर्न सघाउने उद्देश्यले वीरगञ्जमा फागुन २३ र २४ गते ‘प्रेसिडेन्ट्स–इलेक्ट लर्निङ सेमिनार’ सम्पन्न भएको छ। 

कार्यशाला रोटरी फाउन्डेसनको महत्व, सदस्य आकर्षण र स्थायित्व, सामाजिक सेवाका परियोजना, बैठक सञ्चालन, युवा नेतृत्व लगायतका विषयमा केन्द्रित रहेको रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का आगामी वर्ष (२०२५/२६) का डिस्ट्रिक गभर्नर विनोद कोइरालाले जानकारी दिए। 

रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा रोटरीका सञ्जय गिरी, सन्तोष रिजाल, जितेन्द्र राजभण्डारी, विनोद कोइराला, विष्णुबहादुर कार्की, विष्णुहरि दाहाल, अमित गिरी, मिनु कुँवर, लक्ष्मी थापा गिरी, सुवास सिग्देल, दुर्गा प्रसाद सुबेदी, अषेश भन्डारी लगायतका रोटेरियनहरू सहजकर्ता रहेका थिए। 

कार्यशालाबाट प्राप्त सिकाइले आगामी कार्यकालमा के गर्ने र कसरी गर्ने भन्ने विषयमा थप स्पष्टता ल्याएको सहभागीहरूको भनाइ छ। कार्यक्रममा नेपालभरका १४० क्लबका अध्यक्षहरू, २२ जना असिस्टेन्ट गभर्नर तथा अन्य सहभागी गरी कूल १७१ जना उपस्थित थिए।
 
प्रकाशित मिति: १७:०९ बजे, शनिबार, फागुन २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्