शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाख बराबरको क्षति
झापा, वैशाख १८ : झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। बिहीबार बिहान शिविरको बी&n....

झापा, वैशाख १८ : झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। बिहीबार बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाँईको घरबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार चापागाईँको घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईँ, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट भएको छ। आगलागीबाट करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी स्थानीय, प्रहरी र बारुणयन्त्रको सहयोगमा बिहान ३ः३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











