Kathmandu Press

क्यानको वार्षिक क्यालेन्डर : पुरुष क्रिकेट टिम वर्षभरि व्यस्त

पुरुष टिमले पिएम कप, एलिट कप, नेपाल प्रिमियर लिगसिहतका घरेलु प्रतियोगिता र आईसिसी विश्वकप लिग–२ र टि–२० विश्वकप छनोट लक्षित थुप्रै सिरिजहरु पनि खेल्ने छ।
क्यानको वार्षिक क्यालेन्डर : पुरुष क्रिकेट टिम वर्षभरि व्यस्त

काठमाडौं, फागुन २४ : नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। शनिबार पत्रकार सम्मेलन गरी क्यानले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो।

क्यानको क्यालेन्डरअनुसार पुरुष क्रिकेट टिम यो वर्ष निकै व्यस्त देखिएको छ। पुरुष क्रिकेटरले पिएम कप, एलिट कप, राष्ट्रिय टि–२० च्याम्पियनसिप, नेपाल प्रिमियर लिग,‍ महानगरपालिका कपलगायतका घरेलु प्रतियोगिता खेल्नेछन्।

Hardik ivf

यस्तै, पुरुष टिमको आईसिसी विश्वकप लिग–२ र टि–२० विश्वकप छनोट लक्षित थुप्रै सिरिजहरु पनि छन्। जसमा आईसिसी विश्वकपका लिग २का तीन सिरिज, ओमानमा टि–२० विश्वकप छनोट छन् भने हङकङ, नेपाल,  कतार, नामिबिया सम्मिलित सिरिज, ओमान र स्कल्यान्डसँगका छुट्टाछट्टै टि–२० सिरिज, टि–२० विश्वकप छनोटकै तयारीका लागि युएईमा टि–२० सिरिज, ओमानसँगै एकदिवसीय सिरिज, युके र श्रीलंका भ्रमण लगायत छन्।

यस्तै, महिला टिमले प्रधानमन्त्री कप, महिला एलिट कप (५० ओभर), दशौं राष्ट्रिय खेलकुदजस्ता घरेलु प्रतियोगिता खेल्ने छन् । यस्तै, महिला टिमले थाइल्यान्डमा महिला टि–२० विश्वकप छनोट र  इमर्जिङ टिम्स एसिया कप,  मलेसिया र युएईसँग टि–२० सिरिज, नेपालमै युगान्डा, युएई र नेदरल्यान्ड्सको सिरिज खेल्ने तालिका छ।
 

प्रकाशित मिति: १५:३२ बजे, शनिबार, फागुन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्