Kathmandu Press

कोटीहोम विवादले पाेखराामा तनाव, महानगर भन्छ- यो ठाउँ कोटिहोमका लागि उपयुक्त छैन

पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिना भन्छन्- महानगरपालिकाले सबै धर्मलाई सम्मान गर्छ। संस्कृति बचाउनको लागि सिंगो महानगरपालिका सकरात्मक छाैं। यो ठाँउ यो कार्यक्रमको लागि उपयुक्त छैन, हाम्रो भनाई यत्ति हो।
कोटीहोम विवादले पाेखराामा तनाव, महानगर भन्छ- यो ठाउँ कोटिहोमका लागि उपयुक्त छैन

कास्की, फागुन २४ : मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि पोखरा महानगरपालिकाले प्रहरी परिचालन गरेको छ।

अनुमति बेगर लेकसाइडको बाराहीघाटमा सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको हो। ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ। भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप समेत भएको छ।

यस विषयमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पोखरा महानगरपालिका कुनै धर्म विरोधी नभएको भन्दै यो ठाँउ यो कार्यक्रमको लागि उपयुक्त नभएको मात्र भन्न खोजेको बताए।

Hardik ivf

‘महानगरपालिकाले यो ठाँउमा स्वीकृति नै दिएको छैन। स्वीकृति नभएपछि यहाँ पूजा गर्नै मिलेन नि,’ उनले भने, ‘महानगरपालिकाले सबै धर्मलाई सम्मान गर्छ। संस्कृति बचाउनको लागि सिंगो महानगरपालिका सकरात्मक छाैं। यो ठाँउ यो कार्यक्रमको लागि उपयुक्त छैन, हाम्रो भनाई यत्ति हो।’        

Photo-(3)-(37)-1741415523.jpg

विश्वविख्यात कथावाचक वालयोगेश्वर विजय कृष्णमुर्तिले महानगरपालिकाको आदेशमा लाठी, बुट प्रहार भएको भन्दै पूजापाठ, आरधना, गरिरहेको समयमा नगरपीता जस्तो व्यक्तित्वबाट यस्तो कार्यको अपेक्षा नगरेको बताए। 

‘महानगरपालिकाको आदेशमा लाठी, बुट प्रहार भएको छ, हातपात भएको छ । षड्यन्त्रपूर्वक मान्छेहरु पठाएको पनि प्रमाणित भइसकेको छ,’ उनले भने, ‘हामी एउटा क्षेत्रभित्र आनन्द भावले पूजापाठ, आरधना, भूमिपूजन गरिरहेका थियौं। त्यो समयमा यो किसिमको व्यवहार नगरपिता जस्तो व्यक्तित्वबाट हामीले अपेक्षा गरेका थिएनौं। हाम्रो विभिन्न पूजन सामग्रीहरु पनि जफत गरेर लिएर जानु भएको छ।’

Photo-(12)-(10)-1741415521.jpg
 

कोटीहोम गर्न दिने कि नदिने भन्ने विवादका बीच उच्च अदालत पोखराले यसअघि मानव सेवा फाउन्डेशनलाई कोटीहोम गर्न अवरोध नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो। 

उक्त अन्तरिम आदेश भएलगत्तै फाउन्डेशनले कोटीहोम स्थल सरसफाई गरेको थियो। तर कोटीहोम गर्न अवरोध नगर्न अन्तरिम आदेश दिएको उच्च अदालत पोखरामा नै फेरि कोटीहोम रोक्न माग गर्दै अर्को रिट दर्ता भइसकेको छ। 

Photo-(8)-(16)-1741415526.jpg

Photo-(1)-(73)-1741415521.jpg

Photo-(5)-(30)-1741415523.jpg

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, फागुन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्