Kathmandu Press

पूर्व राजालाई पार्टी खोल्न दाहालको सुझाव 

जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनिति गर्न खोजेको भए पार्टी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ। 
पूर्व राजालाई पार्टी खोल्न दाहालको सुझाव 

रौतहट, फागुन २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई राजनीति गर्न मन लागेको भए पार्टी खोल्न सुझाव दिएका छन्। 

जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनिति गर्न खोजेको भए पार्टी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ। 

नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष दाहालले पार्टी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए। 

यद्यपि जवरर्जस्ती गर्न खोजिए जनतालाई सैह्य नहुने उनले धारण राखे। यसअघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए। 

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सरकार उल्टो उल्टो गर्दै हिड्को टिप्पणी गरेका छन । देशको लागि राम्रो नभएको उनको भनाइ छ। 
 
प्रकाशित मिति: ०९:३६ बजे, शनिबार, फागुन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्