Kathmandu Press

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता

नयाँ दिल्लीमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री शाहीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले जानकारी दिए।
वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता

काठमाडौं, फागुन २३: भारत भ्रमणमा रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवबीच भेटवार्ता भएको छ। 

नयाँ दिल्लीमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री शाहीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले जानकारी दिए।

Hardik ivf

सो अवसरमा मन्त्री शाहीले दुई देशबीच घनिष्ट सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालको विकास र विभिन्न क्षेत्रमा भारत सरकारको सहयोगका लागि आभार व्यक्त गरेका थिए।

उनले भारतमा जस्तै नेपालमा पनि वन क्षेत्र र वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेको बताए। उनहरुबीच जैविक विविधता संरक्षणमा सहकार्य गर्न द्विपक्षीय सम्झौता गर्न सकिने बारेमा छलफल भएको थियो।

मन्त्री शाहीले रक्तचन्दन व्यवस्थापनका लागि सहयोग र सहकार्य गर्न चाहेको तथा दक्षिण एसियामा वायु प्रदूषण साझा समस्याका रुपमा रहेकाले कुनै साझा कार्यक्रम वा परियोजना बनाएर काम गर्नुपर्ने बताएका थिए।

उनले हिमालयमा परेको जलवायु असर बारे विश्व समुदायलाई ध्यानाकर्षित गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ बिषयमा आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा औपचारिक निमन्त्रणा गरिने जानकारी दिँदै सहभागिताका लागि अनुरोध गरे।

भेटमा दुई देशका उच्च अधिकारीको सहभागिता थियो।

‘विश्व दिगो सम्मेलन’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गरेका मन्त्री शाही फागुन २४ गते स्वदेश फर्कने तालिका छ।

प्रकाशित मिति: २०:५० बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्