Kathmandu Press

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

‘राष्ट्रिय सुरक्षा परिषद्’ को आर्थिक वर्ष २०७९/८० को छैटौँ प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को सातौँ प्रतिवेदन सभासमक्ष पेस गरिएको छ।
राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं, फागुन २३ : ‘राष्ट्रिय सुरक्षा परिषद्’ को आर्थिक वर्ष २०७९/८० को छैटौँ प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को सातौँ प्रतिवेदन सभासमक्ष पेस गरिएको छ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले सो प्रतिवेदन पेस गरेका हुन्।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विशेयक २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्”, भन्ने प्रस्वाव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत  भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सो विधेयक सम्मसम्मतिले स्वीकृत भएको हो।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २५ गते आइतबार अपराह्न १:१५ बजे बस्ने भएको छ।

प्रकाशित मिति: १९:४१ बजे, शुक्रबार, फागुन २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्