एनएसएललाई एनसेलनको प्रायोजन
नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांश कार्कीले एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित भएको बताए।-(10)-1741353172.jpg)
काठमाडाैं, फागुन २३ : एनसेल आजियाटा लिमिटेडले आसन्न नेपाल सुपर लिग (एनएसएल)को टाइटल स्पोन्सर गर्ने भएको छ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि एनसेल टाइटल स्पोन्सर गरेको हो।
शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो। एनएसएल नेपालकै पहिलो फ्रेन्चाइज फुटबल लिग हो।
नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांश कार्कीले एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित भएको बताए।
‘हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौं। यो साझेदारीले नेपाली फुटबललाई पुर्याउने छ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ,’ उनले भने।
त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए।
‘हाम्रो एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौं। यो सहकार्य हाम्रो थिम हामी तपाईंकै लागि आधारित रहेको ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गछौं,’ उनले भने, ‘एनएसएललाई समर्थन गरेर हामी नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्छ।’
यो सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्ने बताइएको छ। साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।
नेपाल सुपर लिगको तेस्रो संस्करण को आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित सात टिम रहनेछन्।











-(32)-1764944804.jpeg)
