Kathmandu Press

दीपक मनाङेलाई २० प्रतिशत कैद छुट दिन अदालतको आदेश, सजाय एक वर्ष घट्ने

मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै गत फागुन १२ गते मनाङेले निवेदन दिएका थिए।
दीपक मनाङेलाई २० प्रतिशत कैद छुट दिन अदालतको आदेश, सजाय एक वर्ष घट्ने

काठमाडौं, फागुन २३ : गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री दीपक मनाङेलाई अदालतबाट २० प्रतिशत कैद छुट हुने भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो ।

मनाङेको कैदमा छुट हुँदा सजाय १ वर्ष घट्नेछ।

मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै गत फागुन १२ गते मनाङेले निवेदन दिएका थिए।

उक्त कानुनी व्यवस्थ अनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने प्रावधान छ । 

चक्रे मिलन भन्ने मिलन गुरूङमाथि आक्रमण गरी ज्यानमार्ने उद्दोग गरेको घटनामा मनाङेलाई सर्वोच्च अदालतबाट ५ वर्ष कैद तोक्ने गरी अन्तिम फैसला भएको थियो।

उनको यसअघि थुनामा बसेको समय जोड्दा २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन्। अब उनले बाँकी १६ महिना मात्रै कैद भुक्तान गरे पुग्ने भएको छ ।

 

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, फागुन २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्